ईलाम ।
इलाम देउमाई नगरपालिका– ५ बारुङका ३३ बर्षीय कमल तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
मंगलवार (आज) बिहान ६ बजे उनले आफ्नै घर भित्र परिवारका सदस्य राखी धामी बसी बिगत देखी बेला बखत बेहोस हुने बिरामी रहेका श्रीमती ३४ बर्षीया सिता तामाङ र छोरी १६ बर्षीया शिक्षा तामाङको झारफुक गर्ने क्रममा घाटी तथा शरिरको बिभिन्न भागमा टोक्दा उउनीहरुको मृत्यु भएको हो ।
घटनाको जानकारी पाएपछि अस्थाई प्रहरी चौकी गजुरमुखीधामको प्रहरी टोलीले कमल तामाङलाई नियन्त्रणमा लिएको हो । घटनाबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।