विराटनगर ।
वैकिंग कसुर मुद्धामा परार रहेकी सुनसरी धरान उपमहानगरपालिका ३ बस्ने ३८ बर्षीया रानीकुमारी साहलाई (आज( सोमवार प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकी उनलाई जिल्ला अदालतमा बुझाईएको छ ।
वैकिंग कसुर मुद्धामा मोरङ उच्च अदालतबाट २०७६ माघ ६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमसः १ महिना कैद तथा ५ लाख रुपैयाँ जरिवाना भई लगत नं. ९३४९ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेकी साहलाई खोजतलास गर्ने क्रममा १ नं प्रदेश प्रहरी कार्यालयको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका साहलाई सुनसारी जिल्ला अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरेको छ ।