सुनसरी ।
झापाको दमक नगरपालिका–१६ घर भई हाल ईटहरी उप–महानगरपालिका–८ मा बसोबास गर्ने ४३ बर्षीय भक्तबहादुर राईलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
राईले ईटहरी–६ की ६१ बर्षीया एकल महिलालाई श्रीमानको नाममा रहेको करिव दुई करोड छत्तिस लाख अन्ठानब्बे हजार रुपैया बराबरको घर जग्गा पास गराई दिन्छू भनी अर्के ब्यक्तिको नाममा पास गराई रकम ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।
ती महिलाको जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीले राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राईलाई ठगी मुद्धा अन्तरगत कारवाही तथा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।