झापा ।
झापा शिवसताक्षी नगरपालिका –९ स्थित जितेन्द्र शाक्यको घरबाट ४ जना जुवाडेलाई तास र नगदसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ५० बर्षीय अग्नि राई, ४० बर्षीय लालबहादुर लिम्बु, ४५ बर्षीय मनिष क्षेत्री र शिवसताक्षी नगरपालिकाका ३७ बर्षीय सुरेश लिम्बु रहेका छन् ।
बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोलीले जुवा खेलीरहेको अवस्थामा ३ बुङ तास, नगद र १ लाख ७३ हजार ५ सय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका चारै जनालाई कानुन बमोजिम कारबाही तथा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।