• सुदिप गिरी 

हल्दिबारी 

भद्रपुर – गोलधाप सडक खण्डबाट  करिब ५०० मिटर उतर गरामनी जोड्ने सडक खण्डस्थित हल्दिबारी –२ मा रहेको बिधुत प्रशारण लाईन जीवनकुमार श्रेष्ठको घर पश्चिमपट्टि रहेको बिजुलीको पोलको तार चुटिएपछि आगोलागी  भएको छ ।

आगलागी भएर ११०० भोल्टको मेन लाईन तार समेत भूईमा खसेको थियो। गत राति करिब ९ बजेको समयमा  एक्कासी बिधुतको प्रशारण लाईनमा आगलागी भएको स्थानीयले देखेपछि स्थानीले बिजुली अफिसमा फोन गरे गरेका थिए ।

चन्द्रगढी बिजुली अफिसले  विद्युत लाईन काटेपछि मात्र आगो नियन्त्रण भएको थियो । बिद्युत सर्टका कारण  करिब २०मिनेट जति आगो बलेको  नियन्त्रणमा आएको स्थानीयले जानकारी दिए । राती भएको र सिमसिम पानी पनि परिरहेको कारण स्थानीयहरू १०/१५ जना मात्र भेला भएका थिए ।

jalera

  रात्री कालीन समय भएकोले त्यस्तो कोलाहल नभएको स्थानीय कोपिला श्रेष्ठले बताइन् । यसरी तार चुडिएर आगलागी हुँदाको अवस्थामा अटोमेटिक लाईन प्रसारण अवरूद्ध हुन पर्नेमा त्यस्तो नभएको स्थानीयले बताएका छन् ।  तार छिन्नु अघि चिर चिर आवाज आएको र   घरबाट निस्किएर हेर्दा तार झरेर आगो लाग्न शुरु भैइसकेको शुशन श्रेष्ठले बताए । 

त्यसवेलासम्ममा छिमेकीहरु पनि त्यहाँ आइसकेका थिए ।  घटना भए लगत्तै बिधुत प्राधिकरणका कर्मचारीहरू घटना स्थलमा आई पुगेका थिए।  यस्तो  घटना सो स्थानमा यसअघि  पनि भएको स्थानीयले बताए। उक्त घटनामा मानवीय क्ष्यती नभएको तर, तार खसेको ठाउँको धान बाली भने डढेको छ।