• सुदिप गिरी 

हल्दिवारी । 

निरन्तरको वर्षा र हाबाहुरीले  धान तथा अन्नबालीमा ठुलो क्ष्यती  पुगेको हल्दिबारी गाउँपालिकाले किसानको क्षतीको विवरण संकलन गर्न शुरु गरेको छ ।  गाउँपालिकाका सबै वडा कार्यालयका जनप्रतिनिधि, प्राबिधिकसहितको टोलीले किसानको क्ष्यती ग्रस्त बालीमा अनुगमन कार्य शुरु गरेका हुन् ।

 धानवालीमा भएको क्ष्यती  अध्ययन गरेर सम्बन्धित निकायमा राहतका लागि पहल गर्ने उद्वेश्य अनुसार तथ्यांक संकलन शुरु गरिएको जनप्रतिनिधिहरुले बताएका छन् । 

हल्दिबारीका किसानको अन्य आयश्रोत नहुने हो भने र कृषिकै भरमा जीवनयापन गर्नेहरूको लागि यो वर्ष भोकमरीकोस्थित आउन सक्ने स्थानीय किसान लोकनाथ दाहालले बताए ।  ‘मैले दुई बिगामा धान लगाएको थिएँ’ अर्का किसान नन्दलाल पुरीले भने ‘दुई विघा मध्ये दुई कठ्ठाको पनि धान ठाडो छैन ।’ उनले असारदेखि खेतमा गरेको मेहनत र दुःख सम्झदा मन भक्कानिएर आएको बताउँछन् । ‘अब किसान नै भोकले मर्ने स्थिति आयो ।’ उनी भन्छन् । किसानले लगाएको धानवालीको क्ष्यती  सहन नसक्नुको भएको उनले बताए । खेतमा सवै धान भुइमा लडेर पानी जमेको छ । प्रकृतिले पनि किसानलाई अन्याय गरेको बताउँदै उनी भन्छन्  ‘मेरो जिवनकालमा यस्तो खालको क्षति कहिल्यै देखेको थिईन ।’ 

वडा नं. १ वडा अध्यक्ष त्रिलोचन सापकोटाका अनुसार समग्रमा ६५ प्रतिशत धानबालीमा क्ष्यती  पुगेको र तथ्यांक संकलनको कार्य दुर्त गतिमा भईरहेको छ । कृषकले सम्बन्धित वडाको प्राबिधिकलाई भएको क्षतिबारे जानकारी गरिदिन भनेको छ । छुटेका किसानलाई तत्काल वडामा सम्पर्क राख्न समेत आग्रह गरिएको छ । हल्दिबारी २ मा भने वडा न ३ को तुलनात्मक रूपमा कम क्ष्यती   भएको छ । वडामा करिब ४५ प्रतिशत  धानबाली क्ष्यती  भएको वडा  सदस्य खगेन राजबंशीले जानकारी दिए । वडाको ८० प्रतिशत धानबालीमा नोक्सान भएको वडा नं.३ का वडा सचिव राजन खतिवडाले वताए ।

वडा न ४ का सचिब जयप्रसाद पोखरेलका अनुसार डाडाँ जग्गामा सन्तोष जनक नै छ । तर गहिरो जग्गामा कतै कतै धान उम्रन थालेको छ । पराल कुहिन थालेको छ वडाको समग्रमा ७० प्रतिशत धानबालीमा क्ष्यती  भएको छ ।

त्यस्तैगरी वडा न ५ मा लगाएको बालिको ७० प्रतिशत क्ष्यती  भएको वडा सचिव भजन संग्रौलाले बताए ।  आफ्नो जग्गा जमिन नभएका अरूको   जग्गा जमिनमा अधिया, ठेकामा धान रोपेर जीवनयापन गर्दै आएकाहरूलाई ठूलो बज्रपात परेको  स्थानीय प्रेम राज न्यौपाने बताए । ‘उनीहरुको जीबनयापनको जिम्मा  राज्य तथा स्थानीयतहले बचाउन तयारीमा लागेस् ।’ उनले भने