लक्ष्मीपुर । 

तराई क्षेत्रमा जाडो बढेसँगै भक्का खानेको भिड बढेको छ । जाडो मौसममा विहानको समयमा खाजाको रुपमा खाइने भक्का चिसो वढेपछि चोक–चोकमा खानेको भिड बढेको हो ।

बालकदेखि बृद्धबृद्धालेसम्म अत्याधिक मन पराउने खाजाको ब्यवसायका रुपमा रहेको भक्का खानेको शुक्रवार विहान लक्ष्मीपुर चोकमा  भिड बढेको छ । एउटाको १० रुपैयाँ मूल्य पर्ने भक्का तछाड–मछाड गर्दै शुक्रवार लक्ष्मीपुर चोकमा खानेको भीड रहेको थियो । 

bhakka2

विशेष गरेर तराई मुलमा आदिवासी समुदायले भक्का ब्यवसायलाई आम्दानीको रुपमा लिने गरेका छन् । झापाको भक्काको लोकप्रियता देशभर चर्चामा रहेको छ ।

केहि बर्ष यतादेखि झापामा प्रत्येक बर्ष भक्का दिवस समेत मनाउने गरिदै आएको छ । भक्का व्यवसाय विशेष गरेर जाडो मौसममा हुने गरेको भक्का ब्यवसायीहरु बताउँछन् ।  

bhakkat3