• सुदिप गिरी 

हल्दिबारी । 

केहि दिनदेखि अविरल बर्षा र हावाहुरीका कारण किसानको धानबालीमा क्षती पुगेको भन्दै हल्दिबारी गाउँपालिकाले तथ्याङ्क संकलन शुरु गरेकोे छ । 

आइतवारदेखि लगातार भएको बर्षा र हावाहुरीले हल्दिवारी गाउँपालिकाका ५ वटै वडामा किसानले लगाएको धानबालीमा क्षति पुर्याएको थियो । 

किसानले काटेर खेतमा सुकाएको धान अत्याधिक बर्षाका कारण डुवानमा परेको छ भने हावाहुरीले लडाएर धानमा क्षती पुगेको छ ।   

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै हावाहुरी तथा मुसलधारे वर्षाका कारण कृषकहरूले लगाएको धानबाली तथा अन्य अन्नपातमा के कति क्षेत्रि भएको तथ्याङ्क संकलन शुरु गरेको हो ।

गाउँपालिकाले किसानहरूलाई सम्बन्धित वडाका प्राबिधिकहरूसँग सम्पर्क गरेर क्षतिको यथार्थ विवरण यथासिघ्र वडा कार्यालयमा पेश गर्न आव्हान गरेको छ ।