• सुदिप गिरी 

झापा । 

देशका अधिकांश क्षेत्रमा लगातार रुपमा भएको बर्षाका कारण काटेर खेतमा सुकाएको र पाक्न लागेको धानखेतीमा क्षती पुगेको छ । आइतवार रातीदेखि परेको अविरल बर्षाले झापाका अधिकांश क्षेत्रमा काटेर खेतमा सुकाएको र पाक्न लागेको धानमा क्षती पुगेको हो ।  बर्षासँगै आएको हावापानीले किसानको खेतमा पाक्न लागेको धान ढलेको र खेतमा पानी जमेका कारण क्षती पुगेको छ ।  

h3

लगातार दुई दिन देखिको भारी बर्षा र हावाहुरीका कारण हल्दिबारीमा काटेर खेतमा सुकाएको धान डुमानमा परेर क्षती पुगेको छ । समयमै पानी परेको कारण गत वर्षको तुलनामा उत्पादन निकै राम्रो हुने देखेर किसान खुसी थिए । तर, बिडम्वना पाकिसकेको धान भित्र्याउन नपाउँदै वर्षाले धान बालीमा नोक्सान गरि दिदा कृषकहरूको चिन्ता बढेको छ । काट्न बाँकी रहेको धानसमेत हावाहुरीले लडाएर भुईमै सुताई दिएको छ भने खेतमा पानी जमेको छ ।

अहिले झापा हल्दिवारीसहित देशभरका अधिकांश किसान चिन्तामा रहेका छन् । हल्दिबारीसहित झापाका धान खेतमा पानी जमेका कारण किसान मारमा परेका छन् ।  बेमौसमको हावाहुरी र वर्षाको कारण भएको क्षेत्रिका कारण स्थानीय तह, कृषि ज्ञान केन्द्रले किसानलाई राहत पुग्ने खालको कार्यक्रम ल्याउनु पर्ने देखिएको छ । 

h2

बङ्गालको खाडी र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा वर्षा गराएको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १  र सुदूरपश्चिमका थोरै स्थानमा  भारी वर्षा समेत भएको छ ।

पाकिस्तान, भारत हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायु अहिले नेपालको पूर्वी भागतर्फ सरिरहेको छ । यो वायु सुस्त गतिमा अघि बढ्ने भएकाले नेपालमा अझै केही दिन प्रभाव रहने मौसमविद्ले बताएका छन् ।