सुनसरी । 

सुनसरी इटहरी उपमहानगरपालिका –१६ जालपा पेट्रोल पम्प स्थित पुर्ब–पश्चिम राजमार्गमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी रामधुनी नगरपालिका– १ का २२ बर्षीय मुकेश सरदार रहेका छन् ।

  पश्चिमबाट पूर्वतर्फ जादै गरेको को ४ प ६८९३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिदा बिपरित दिशाबाट आउदै गरेको प्रदेश नं १–०२–००३ ह ३०७८ नम्बरको सिटी सफारीमा ठक्कर लागेको थियो । सो दुर्घटनाबाट गम्भिर घाईते भएका मोटरसाईकल चालक मुकेशको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाईकलमा पछाडी रामधुनीकै २२ बर्षीय नबिन सरदार र १८ बर्षीय अबिषेक सरदार  घाईते भएर उपचार भईरहेको छ । उक्त मोटरसाईकलमा ३ जना सवार रहेका थिए । घटनाको विषयमा ईलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।