सुरुङ्गा ।
झापाको कनकाई नगर क्षेत्रका सामाजिक अभियन्ता ख्याम ओलीले आफ्नो जन्म दिनमा अपाङ्ग असक्त वालवालिकालाई खाद्यन्न सहयोग गरेका छन् ।
कनकाई ४ स्थित पुुकार अपाङ्ग असक्त समाजका वालवालिकालाई थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्येश्यले सामाजिक अभियन्ता ओलीले आफ्नो जन्म दिनमा आइतवार एकसय केजी चामलसहित दाल, नुन, तेल, विस्कुट लगायतका दैनिक उपभोग्य खाद्य सामाग्री सहयोग गरेका हुन् ।
कनकाई सामुुदायिक वन समूहका अध्यक्ष, रोटरी क्लव अफ सुरुङ्गाका कार्यसमिति सदस्य, होटल डिलाइटका संचालक समेत रहेका ओली विभिन्न सामाजिक एवम् धार्मिक संघसंस्थामा क्रियाशिल छन् ।
जन्मदाता वुवाआमासहित श्रीमति, छोरा र परिवारका अन्य सदस्यहरुसँगै रोटरी क्लव अफ सुरुङ्गाका पदाधिकारीहरुको उपस्थितिमा ओलीको जन्मोत्स मनाइएको थियो ।
युवा समाजसेवी ओलीको जन्म दिनको अवसर पारेर रोटरी क्लव अफ सुरुङ्गाले आयोजना गरेको एक संक्षिप्त कार्यक्रममा पुुकार अपाङ्ग असक्त समाजकी अध्यक्ष निर्मला ओझा र सचिव गोविन्द सुवेदीलाई खाद्य सामाग्री हस्तान्तरण गरिएको हो ।
क्लवका अध्यक्ष सुशिलकुमार श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा खाद्य सामाग्री ग्रहण गर्दै पुुकार अपाङ्ग असक्त समाजकी अध्यक्ष ओझाले जन्मदिनको अवसर पारेर युवा सामाजिक अभियन्ता ओलीबाट भएको सहयोगले संस्थालाई ठूलो राहत मिलेको बताएकी छन् ।