तेह्रथुम । 

तेह्रथुम छथर गाउपालिका– ३ ज्यामिरेका ५४ बर्षीय गोबिन्दबहादुर लिम्बु र उनको श्रीमती ५२ बर्षीया भक्तकुमारी लिम्बु बीच मादक पदार्थ सेवन गरी झडडा हुँदा एक जनाको मृत्यु भएको छ । 

उनीहरुवीच झगडा हुँदा गोबिन्द बहादुरको ज्यान गएको छ भने भक्त कुमारीको उपचार भईरहेको छ । आफ्नै घरमा मादक पदार्थ सेवन गरेर झै–झगडा तथा कुटाकुट हुँदा दुवै जनाको टाउकोमा चोट लागेको थियो ।

  गम्भिर घाईते भएका  दुवै जनालाई उपचारको लागि छथर अस्पताल पठाईएको थियो । घाइते मध्ये गोबिन्दको उपचारको क्रममा मृत्यु भएको थियो भने भक्त कुमारीलाई थप उपचारको लागि धरान घोपा पठाईएको छ । घटनाको विषयमा ईलाका प्रहरी कार्यालय बसन्तपुरले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।