संखुवासभा ।
संखुवासभा चिचिला गाँउपालिका –३ केराबारीस्थित अरुण तेस्रो जलबिद्धुत आयोजनाको एडिट फोरको सरसापटमा पटेल कम्पनीको WB 11TC 0296 नम्बरको मिल्लर गाडी गाडी पल्टदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चालक भारत बिहारका ३५ बर्षीय श्याम झा र सोही गाडीमा सवार भारत युपीका ४० बर्षीय श्रीनिवास सिंह रहेका छन् ।
गिटी सिमेन्ट घोली पुर्याई फर्कने क्रममा आफै अनियन्त्रित भई अन्दाजी १५० मिटर तल खसेर दुर्घटना भएको थियो । सो दुर्घटनाबाट गम्भिर घाईते भएका दुवै जनाको जिल्ला अस्पताल खादबारीमा उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । अस्थाई प्रहरी बेस पुखुवाबाट प्रहरी टोलीले घटना स्थलको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।