झापा ।

नेपालीहरुको महान पर्वका रुपमा रहेको वडादशैं टिका लगाउने दोस्रो दिन आज (शनिवार) झापामा मान्यजनहरुबाट टिका लगाउने क्रम जारी छ ।

टिकाको दिन टिका नलगाएका तथा टाढा रहेकाहरुले आज पनि मान्यजन र आफन्तको हातबाट टिका लगाउने पुरानो परम्परा अनुसार टिका लगाइ रहेका छन् । 

आज बिहानैदेखि देशका विभिन्न स्थानमा टिका थाप्न जानेको घुइँचो रहेको छ । हिजो बिहान साइतमा टिका लगाए पनि टाढा रहेका आफन्तकहाँ टिका लगाउने जाने क्रम पूर्णिमासम्म जारी रहने प्रचलन भएकाले पनि टिका लगाउनेको चहलपहल बढेको छ ।