- सुदिप गिरी
हल्दिवारी ।
नेपालीहरूको महान चाड वडा दशैंको आज मुख्य दिन मान्यजनहरूबाट टीका तथा जमरा लगाई आशिर्वाद लिई हर्ष उल्लासका साथ मनाईदैछ ।
बिहान ८ बजेर १९ मा देवी बिसर्जन गरि १० बजेर दुई मिनेट देखि टीका लगाउन थालिएको हो । पञ्चाङ्ग निणार्यक समितिले टीका लगाउनका लागि सोहि समय शुभ रहेको जनाएको थियो।
आज दिन भर देवीको प्रसाद लगाउने साहित भएपनि दिनभर मध्येमा १०ः०२ मा शुभ शाहित मानिएको हो। आज घटस्थापनाको दिन राखिएको जमरा नव दुर्गाको प्रसादको रूपमा लगाईन्छ।
घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नव दूर्गाको प्रसाद स्वरूप रातो टीका पहेंलो जमरा लगाउने वैद्विक परम्परा रहेको छ ।
असत्य माथि सत्य र आसुरी शक्ति माथि दैबिक शक्तिको विजयको रूपमा बडा दशैं पर्व मनाउने परम्परा बसेको शास्त्रीय मान्यता रहेको छ। यसरी बिजया दशमीको साईतबाट शुरू भएको टीका तथा जमरा र आशिर्वाद लिने क्रम कोजाग्रत पूर्णिमा सम्म चल्ने छ।