दमक ।

  लायन्स क्लव अफ झापा दमकका अध्यक्ष एवं दमकका ब्यवसायी अशोक चौधरीले आफ्नो जन्मदिनको अवसर पारेर झापा कमल गाँउपालिका वडा नं. ६ का अति विपन्न आधा दर्जन घर परिवारको घरमा दशैं असहज नहोस भनेर खाद्यन्न लगायतका अति आवश्यकीय सामाग्रिहरु प्रदान गरेका छन् ।

क्लवको संयोजनमा उनले दूई बोराको दरले चामलसहित बिभिन्न खाद्यन्नहरु उपलब्ध गराएका हुन् । उनले भुजा, चिउरा, तेल, नून, मसला, शब्जि लगायतका सामाग्रिहरु उपलब्ध गराएका हुन् । अपाङ्ता भएका, आफ्नो स्थाई थातथलो नभएका र कमाई खाने कुनै माध्यम नभएका ६ परिवारलाई स्थानीय टोल विकास संस्थासँग समन्वय गरेर खाद्यन्न बितरण भएको हो ।

ति परिवारको अवस्थाको बिषयमा आफुलाई जानकारी भएपछि उनिहरुको घरमा पनि दशैं आओस भनेर आफुले सोचेको र सोहि अनुसार काम गरेको चौधरीले बताए ।