बिर्तामोड ।
नेत्रहिन युवा संघ नेपालले अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक सहभागीता र पहुँचयुक्त निर्वाचन प्रणालीका लागि पहल थालेको छ ।
नेत्रहिन युवा संघ नेपाल केन्द्रको आयोजना तथा झापा समन्वयमा बिर्तामोडमा २ दिने तालिम सम्पन्न गरेको छ । हिजो शुक्रवार शुरु भएको तालिम आज शनिवार समापन भएको हो । तालिममा २४ जना अपाङ्गता भएका ब्यक्ति सहभागी रहेको नेत्रहिन युवा संघ नेपालका अध्यक्ष कलाधर भण्डारीले जानकारी दिए ।
तालिमको सहजीकरण शारिरिक अपङ्गता भएकी निला भट्टराई र दृष्टिविहिन दिल राजवंशीले गरेको नेत्रहिन युवा संघ नेपाल झापाका अध्यक्ष चन्द्र भट्टराईले जानकारी दिए । त्यस्तै आइतवार र सोमवार दमकमा पनि तालिम आयोजना गरिने र उक्त तालिममा १२ जना सहभागी रहने केन्द्रिय सदस्य सरिता दाहालले बताइन् । कार्यक्रममा फिल्ड अफिसर मुना भट्टराई रहेकी उनले बताइन् ।