बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका ७ र ८ का अपाङ्गता भएका ब्यक्ति तथा परिवारलाई राहत बितरण गरिएको छ। शुक्रबार बिर्तामोड –५ निवासी व्यावसायि गोपाल मुखिया र बबिता राईले ४२ परिवारलाई खाद्यान्न बितरण गरेका हुन् ।

उद्योग बाणिज्य संघ महासघं  प्रदेश नम्बर १ का अध्यक्ष टिकाराज ढकाल ,केन्द्रिय सदस्य तथा कार्यक्रमका संयोजक कुमार भट्टराई, दाताद्द्य मुखिया र राईले संयुक्त रूपमा उनिहरुलाई चामल, तेल, दाल, नुन लगायतका सामाग्री प्रदान गरेका हुन् । 

 बिर्तामोडका १० वटै वडाका २ सय १६ भन्दाबढी परिवारलाई दशैँको अवसरमा राहत बितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि महासंघका अध्यक्ष ढकाल सदस्य भट्टराई नेपाली काङ्ग्रेसका नेतृ पार्वता गिरि बिर्तामोड अपाङ्गता स्वाबलब्न संस्थाका अध्यक्ष दिपक थापा लगायतले शुभकामना राखेका थिए । वडा नम्बर ७ का अध्यक्ष चन्दकला पकुवालको अध्यक्षता रहेको कार्यक्रमको संचालन हरि अधिकारीले गरेका थिए ।