सुनसरी । 

सुनसरी दुहबी नगरपालिका –३ पेट्रोल पम्प आगाडी कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमै  मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ सुन्दरहरैचा नगरपालिका –८ का ४५ बर्षीय लक्ष्मीप्रसाद लुईटेल रहेका छन् । बिराटनरबाट ईटहरीतर्फ जाँदै गरेको भारतिय नम्बर प्लेटको एनएल ०२ क्यू ०१३४ नम्बरको एलपी ग्यास बोक्ने ट्रकले सोही दिशा जादै गरेको को १० प २६८१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ लुईटेलको घटनास्थलमै  मृत्यु भएको हो ।

ट्रक र ट्रक चालक भारत बिहार बेबसराई बथौली पंचायत –७ का ३५ बर्षीय चन्दनकुमार ताती ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।