बिर्तामोड ।
झापाको बिर्तामोड ३ स्थित पुण्डरी चोक निवासी नगेन्द्र प्रसाद थपलियाले बिर्ताबजारमा रहेको नवदुर्गा मिन्दरलाई दुई वटा घण्टी प्रदान गरेका छन् । आफ्ना स्वर्गीय बुबा रामप्रसाद र आमा सीता थपलीयाको सम्झनामा उनले मन्दिरलाई घण्टी प्रदान गरेका हुन् ।
बिहिबार बिर्तामोड नगरपालिकाका मेयर धुब्रकुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा समाजसेवी थपलीयाले करीब ८० केजी बराबरको एक लाख १५ हजार मुल्यका दुई वटा घण्टी सहयोग गरेका हुन् ।
कार्यक्रममा समाजसेवी शेरबहादुर थापा, बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौला, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बासुदेव माझी लगायतको उपस्थिति रहेको थियो ।