• राजु बराल 

चन्द्रगढी ।

झापाको भद्रपुर –९ स्थित केदारेस्वर शिव पान्चायन मन्दिरको बार्हौ साधरण सभा बिहीबार सम्पन्न भएको छ ।भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कपुर धुप अर्गानिक तालिममा सहभागीलाई प्रमाण पत्र बितरण गरिएको थियो ।

प्रमुख अतिथि नगर प्रमुख जीवनकुमार श्रेष्ठ, अग्रज समाजसेवी बिष्णु शिवाकोटी, प्रकाश एकता कृषि सहकारी सस्था अध्यक्ष गोपाल श्रेष्ठ, चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफार्इ उपभोक्ता समितिका अध्यक्ष चुडामणि मैनाली, हिन्दु एकता मञ्च अध्यक्ष इन्द्रप्रसाद ओली, दिनानाथ उप्रेती र सन्तोष ढुङ्गानाले  शुभकामना मन्तब्य राखेका थिए ।  सोही कार्यक्रममा इन्द्रप्रसाद ओली र प्रशिक्षक खेमकुमारी ओलीलाई सम्मान गरिएको थियो ।

केदारेस्वर शिव पान्चायन मन्दिर ब्यवस्थापन समिति अध्यक्ष राजेन्द्र रिजालको अध्यक्षता, सचिव भगिरथ नेपालको सञ्चालन र उपाध्यक्ष पार्वती मल्लले स्वागत गरेको उक्त कार्यक्रममा सस्थाको बार्षिक प्रतिबेदन र आर्थिक प्रतिबेदनसमेत व्यापक छलफल पछि पारित गरिएको समितीका सचिव भगिरथ नेपालले बताए ।