• सुदिप गिरी 

वडा दशैको पहिलो दिन आज घटस्थापना घर घरमा जमरा राखेर मनाइदै छ। विजया दशमीको पहिलो  दिन आज बिधिपूर्वक घडा स्थापनागरी घडामाथि शक्ति स्वरूपा दुर्गाको पूजाआरधना गरिन्छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपधादेखि सुरू हुने नेपालीको चाड दशै घर घरमा जमरा भित्राएसँगै शुरू हुने गर्छ ।आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेकगरी विजयादशमीको दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ । घर शुद्व भएपछि मात्र देवीको आगमन हुने मान्यतासँगै आज बिहानैबाट नुहाएर घर सफा गरेर गाईको गोवरले लिपपोत गरि शुद्ध बनाएर सजाउने गरिन्छ ।

यो प्रक्रिया पस्च्यात नवरात्री शुरू भएको मानिन्छ घटस्थापनाको दिन बिशेष विधीसंगै जौ ,गहुँ र मकैलाई माटोमा छरिन्छ र टिकाको साईतमा फूलको रूपमा प्रयोग गरिन्छ । कोरनाको कारण यस वर्ष विभिन्न शक्तिपिठहरू दर्शन र पूजापाठका लागि केही सरल सहज र खुल्ला बनाईएको छ ।