सुनसरी । 

सुनसरी ईटहरी उपमहानगरपालिका –१६ लायन्स चौकस्थित पुर्व–पश्चिम लोकमार्गमा ट्रकको ठक्करबाट स्कुटीमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटी चालक ईनरुवा नगरपालिका –२ का २५ बर्षीय सुशान् भट्टराई र संखुवासभा चिचिला गाउँपालिका २ का २० बर्षीय बिबिसन बिक रहेका छन् । 

पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको ना ६ ख ५६८१ नम्बरको ट्रकले बिपरित दिसाबाट जादै गरेको  को २० प ६७४७ नम्बरको स्कुटीलाई ठक्कर दिदाँ गम्भिर घाईते भएका भट्टराई र बिकको उपचारको लागी न्युरो अस्पताल विराटनगर लाने क्रममा बाटैमा मृत्यु भएको हो ।

ट्रक र ट्रक चालक मकवानपुर मनहरी नगरपालिका ९ का ३१ बर्षीय अर्जुन गिरी ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ । घटना विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।