चारआली ।
झापाको चारआलीमा पूर्वी पहाडी जिल्ला र मारवाडी समुदायलाई लक्षित गरी शुद्ध शाकाहारी खाजा पसल सञ्चालनमा आउने भएको छ । चारआलीमा मंगलवार ओदान स्वीटस् एण्ड भेज ग्यालरीका सञ्चालक नरेशमान धिमालले पत्रकार भेटघाटका क्रममा पसल घटस्थापनाका दिन उद्घाटन गरिने बताएका हुन् ।
पसलमा शुद्ध साकाहारी सादा रोटी, तन्दुरी, सादा भात, दाल फ्राई, मटर पनिर, राजमा तथा विभिन्न परिकारका शब्जी पाइने सञ्चालक धिमालले बताए । उनले धिमाल समुदायका खाजा परिकार ग्यान्द्रो, तोले, प्यारप्यारी साथै पुरी, छोला, तरकारी, कोदोको मम अर्गानिक खाजाका परिकार पसलमा उपलबध हुने बताए ।
समाजसेवीका रुपमा परिचित धिमाल बिर्तामोड–५ को टावर टेम्पल स्कुलका संस्थापक हुन् भने धिमाल जाती विकासका पूर्व केन्द्रिय उपाध्यक्ष पनि हुन् । ३० लाख रुपैयाँको लागतमा शुरु भएको उक्त पसलमा नेपाली भेज खानाका परिकार, ग्राहकको माग अनुसार कोदोको ढिडो पनि उपलब्ध हुने सञ्चालक धिमालले बताए । चारआलीस्थित आर्यन प्लाजा भवनको भुईतलामा रहेको पसल विहान ६ देखि बेलुका ८ वजेसम्म सञ्चालन रहने उनले बताए ।
उनले ओदान भन्ने कुरा सवैले बिर्सेको र लोप हुने अवस्थामा रहेकाले पसलको नामाकरण गरिएको बताए । उनले पसलमा शुद्ध तथा स्वाच्छ परिकार उपलब्ध हुने बताएका छन् ।