• सुदिप गिरी 

प्रदेश नं.१ झापा जिल्ला अन्तरर्गत हल्दिबारी गाउँपालिकाको पश्चिम भागमा रहेको साबिक गोलधाप गाउँ बिकास समितिनै हाल हल्दिबारी १ नं.वडा हो। यस वडाको पूर्व सिमाना हल्दिबारी गाा.पा।को २नं.र ५नं.वडासँग जोडिएको छ भने पश्चिम सिमाना बाहृदशी गाउँपालिको ५ नं.वडासम्म पर्छ। उत्तर सिमाना  बाहृदशी गाउँपालिको –५ र बिर्तामोड नगरपालिकाको वडा नं.१० त्यस्तै दक्षिण सिमाना बाहृदशी गाउँपालिको ३ नं. वडासम्म फैलिएको छ। यस वडा एउटाको एउटा बिशेषता भनेको यहाँ उत्पादन भएको ईटा गुणस्तरीय र राम्रो मानिन्छ ।

हल्दिबारी गाउँपालिकाका वडाहरू मध्ये यो वडामा वन जङ्गलले छोएको छैन भने बाँकी सबै वडाहरूलाई वनले छोएको छ।   यस वडाको कूल भौगोलिक क्षेत्रफल १६६६ हेक्टरमा फैलिएको छ भने यस वडामा पुरूषको जनसंख्या ४२७५ जना र महिलाको जनसंख्या ५२२५ जना गरी कूल जनसंख्या ९५०० जना रहेको छ । वडा भित्र रहेका सरकारी कार्यालयहरूमा हल्दिबारी १ नं. वडा कार्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी र ईलाका हुलाक कार्यालय रहेका छन्। शैक्षिक संस्थाहरूमा जनजागृति मा.बि. वडाकै ठूलो बिधालय हो साथै सरस्वती मा.बि.,गरमकाली आ.बि. र दुर्गा देबि प्रा.बि. बिधालयहरू पनि यसै वडा भित्र रहेका छन् ।

संस्थागत बिधालयतर्फ चिल्ड्रेन गार्डेन एकाडेमी, गोलधाप सनसाईन बोडिङ्ग, बाल ज्योती एकाडेमी, समस्कारा शिक्षा सदन सञ्चालनमा रहेका छन्। एक्सेल डेभलभमेन्ट  बैंकसमेत रहेको यस वडामा रहेका वडा वासीहरुको सामाजिक सुरक्षा भत्ता समेत यसै बैंकबाट बितरणको ब्यबस्था मिलाईएको छ । वडाका सहकारी संस्थाहरूतर्फ जागृति साना किसान, उत्कृष्ट बचत तथा ऋण, धौलागिरी पारिजात, गोलधाप महिला, हाम्रो गोलधाप, नेपाल बहुउद्देश्यीय, सिमृिक, कर्णाली, सहारा नेपाल बचत तथा ऋण सहकारी  सञ्चालनमा रहेका छन् साथै समिट माईक्रो फाईनान्स समेत यस वडा रहेको छ। पर्यटकिय क्षेत्रका रूपमा रमाइलो डाँडा पर्यटकिय क्षेत्र हो।

मठ  मन्दिरहरूमा सिहंबाहिनी देबी मन्दिर,ॐकारेश्रर, गजकाली, सन्तानेश्रर, राम जानकी, बिन्ध्यावासिनी र पन्चकन्या मन्दिर आदि पर्दछन्। यस वडामा बर्षेनि धार्मिक अनुष्ठान आयोजना गर्ने गरिएको छ।  नमुना ईटा उधोग,पुनम ईटा उधोग, बरूण एण्ड न्यू बरूण ईटा उधोग र एस एस मिल उधोग वडाका ठूला उधोगहरू हुन्। वडाको कुल घरधुरी संङ्ख्या १९०० घर रहेका छन् ।  आन्तरिक हाट बजार गोलधाप बजार हो जहाँ सोमबार र शुक्रबार बिशेष बजार लाग्ने गर्छ।

उज्यालो गोलधाप बाल क्लब एक मात्र बाल क्लब हो भने युवा क्लवहरूमा ईन्द्विणी, होराईजन, सृजना,शान्ति दिप, गोलधाप स्पोटिङ्ग र फाल्गुनन्द युवा क्लव रहेका छन् । यस वडामा हाल सम्म २२ वटा कृषक समुह र ३६ ब्याक्तिगत कृषि फर्म रहेको यो वडा हल्दिबारी गाउँपालिकाको अन्य वडाको तुलनामा यो वडा भौतिक बिकासका दृष्टिले केही अघि रहेको छ। हाल बन्न लागेको पालिका स्तरीय अस्पताल पनि यहीँ वडा भित्र बन्ने तयारीमा रहेको छ।