विराटनगर ।
झापा कनकाई नगरपालिका ४ त्रिवेणीटोल स्थित दुर्गा नेपालको २ तले निर्माणधिन घरमा पलम्बरको काम गर्ने मजदुरको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ३ का ६५ बर्षीय रुद्र अधिकारी रहेका छन् ।
सोमवार विहान काम गर्ने क्रममा २ तलाबाट खस्दा गम्भिर घाईते भएका अधिकारीको उपचारको लागी वीएण्डसी अस्पताल बिर्तामोडमा पुर्याउन साथ मृत्यु भएको थियो । घटना विषयमा ईलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।