ईलाम ।
ईलाम सुर्योदय नगरपालिका –६ हर्कटे चौकबाट प्रहरीले लाखौ भारतिय नोटसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका १० फिक्कलका ३५ बर्षीय अनुप अग्रवाल रहेका छन् ।
प्रहरी चौकी हर्कटेको प्रहरी टोलीले अग्रवाल सवार मे १ च ६४२४ कारलाई चेकजाँच गर्ने क्रममा अग्रवालको साथमा रहेको कालो ब्यागमा २ हजार, ५ सय, २ सय र १ सयको नोट गरि जम्मा भारतिय रुपिया ११ लाख फेला परेको थियो ।
अग्रवाललाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको छ । पक्राउ परेका उनलाई कानुनि कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय ईटहरी पठाउने पहल भईरहेको प्रहरीले जनाएको छ ।