झापा । 

झापा कनकाई नगरपालिका –२ सुकेडाँगी का ४२ बर्षीय राज बहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ । हिजो दिनको साढे २ बजे घिरौला टिप्न रुखचढेका राईको रुखबाट लडेर गम्भिर घाईते भएका थिए ।

घाईते राईको उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराई थप उपचारको लागि नोवेल अस्पताल विराटनगर तर्फ ल्याउने क्रममाबाटैमा मृत्यु भएको थियो । घटनाका विषयमा  ईलाका प्रहरी कार्यालय अनारमनीले  थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।