• सुदीप गिरी

हल्दिबारी गाउँपालिकामा सूचना प्रकाशन तथा प्रशासनमा कन्जुस्याइँ गर्ने,आनाकानी गर्ने, सूचना दिन नमान्ने वा पन्छिने गरेको आरोप बारम्बार लागिरहन्छ।

सरकारी  कार्यालय तथा सार्वजनिक सरोकारका काम गर्ने संघ,/संस्था तथा निकायहरूमा सूचना अधिकारी तोकि राज्यका काम कारबाही लोकतान्त्रिक पद्धति अनुरूप खुल्ला र पारदर्शी बनाई नागरिकप्रति जबाफदेहि र जिम्मेवार बनाउन,सार्वजनिक निकायमा रहेको  सार्वजनिक महत्त्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउनु सार्वजनिक निकायको काम तथा दायित्व हो भनी सूचनाको हक सम्बन्धी ऐन २०६४ मा उल्लेख छ। 

सार्वजनिक निकायको  सरकारी कार्यालयमा सञ्चारकर्मी तथा सूचना  अभियानता ठोकिने भनेको सूचना अधिकारीसँग हो । सरकारी निकायहरुले सूचनामा एकद्धार प्रणाली कायम गरी सूचना अधिकारीमार्फत मात्र सूचना सार्वजनिक गर्ने नीति अनुरूप कार्यालयले सूचना अधिकारी तोक्नु पर्ने हुन्छ  ।

haldibari 34

र तिनै सूचना अधिकारीसँग सञ्चारकर्मी तथा सूचना अभियानताको सम्बन्ध सुमधुर छैन। सकेसम्म फोन नउठाउने,सम्पर्कमा आइहाले पनि सूचना दिन नमान्ने वा पन्छिने अधिकांश सूचना अधिकारीमा समस्या देखिन्छ। साथै माग सूचनाको समेत आंशिक सूचना दिने पूर्ण सूचना नदिने परीपाटी छ। पछिल्लो पटकको अध्ययन तथा अनुसन्धानबाट हल्दिबारीका वडा कार्यालयहरूमा सूचना अधिकारीहरूको फलेक्स बोड नराखेको पाईयो।

वडा नं.४ र ५ मा सूचनामा जनताको सरल र सहज पहुँच पुर्‍याउने गरेको पाइयो । माग सूचना सजिलै र समयमै दिने गरेको पाईयो। वडाको कार्यक्रम तथा योजनाहरूको अबस्थाहरूको बारेमा जानकारीहरू दिने गरेको पाईयो। त्यसैगरी वडा नं.१ र ३ मा चाहिँ माग सूचना ढिलै भएपनि उपलब्ध गराउने गरेको पाईयो तर सहज र सरल रूपमा सूचना प्रकाशित गर्ने तत्पर नरहेको पाईयो भने हल्दिबारी २नं.ले हालसम्म कुनैपनि माग सूचना समेत नदिने बेवास्ता गर्ने र सार्वजनिक सरोकारका सूचनाहरू पनि वडाले प्रकाशित तथा प्रकाशन नगर्ने गरेको पाईयो।

साथै अन्य सार्वजनिक निकाय बिधालय,स्वास्थ्य चौकी, सहकारी संस्था, प्रहरी चौकिहरूमा सूचना अधिकारी नै नतोकिएको तथा सूचनाको हक सम्बन्धि जानकारी नभएको पाईयो। सूचना अधिकारीहरूलाई कहि कतैबाट तालिम नदिएको भन्ने कर्मचारीहरूको गुनासो रहेको पाईयो ।साथै यस पालिकाले मिडिया खर्चको धेरै गर्नेछ गरेको छ।