बिर्तामोड ।
श्री कृष्ण प्रणामी युवा परिषद नेपाल प्रदेश नम्बर १ जिल्ला कार्य समिति झापा तथा चारपाने प्रा.स.ले आज विश्व अहिंसा दिवस मनाएको छ ।
जिल्ला परिषदको समन्वय तथा चारपाने प्रारम्भीक समितिको आयोजनामा आज शनिबार विश्व अहिंसा दिवसको अवसरमा चारपानेमा कोणसभा तथा दिप प्रज्वलन गरिएको हो ।
विश्वमै अहिंसाका लागि उदाहरणको रुपमा मानिएका भारतका महात्मा गान्धीको जन्मदिन अक्टोबर २ तारिखमा विश्व अहिंसा दिवस मनाउने गरिन्छ । सो अवसरमा परिषद झापाका अध्यक्ष टहलदास ओलीले निर्दोष प्राणीहरुको हत्या बन्द गरी समाजमा प्रेमको भावनालाई उजागर गर्न स्क्नु पर्ने धारणा राखेका थिए ।
कार्यक्रममा परिषदका केन्द्रिय सदस्य दिपक दिनेश दाहाल, बासु पाण्डे, केन्द्रीय सदस्य मदन अधिकारी, जिल्ला उपाध्यक्ष समर्पण खतिवडा, बिर्तामोड प्रारम्भिक समितिका अध्यक्ष दिनोज बजगांईलगायतको सहभागीता रहेको थियो ।
मठमन्दिर रक्तरञ्जित होइन शान्ति आस्था र सद्भावको थलो बनाउं भन्ने मुल सन्देश सहित जिल्ला तथा देशैभर आज कार्यक्रम गरिएको परिषदका उपाध्यक्ष सुरज सापकोटाले जानकारी दिए । कार्यक्रमको सञ्चालन जिल्ला परिषद झापाका सचिव मोहन अधिकारी तथा चारपाने प्रा.सका सचिव प्रवेश शिवाकोटीले गरेका थिए ।