- सुदिप गिरी
प्रदेश नं.१ झापा जिल्ला अन्तरर्गत हल्दिबारी गाउँपालिकाको पूर्व भागमा रहेको सानो भएता पनि बहुधार्मिक तथा बहु सांस्कृतिक वडाका रूपमा परिचित रहेको छ । हल्दिबारी ३ न. वडा साबिक जलथल गाउँ बिकास समितिको वडा नं. १,२,३र ४ मिलाएर बनाएको वडा हो ।
यस वडाको पूर्व सिमाना भद्रपुर न. पा.देउनिया नदि हो भने पश्चिम सिमाना काजली नदि हल्दिबारी गापाको ४ नं. वडासँग जोडिएको छ। उत्तरी सिमाना हल्दिबारी गापाकै २ नं. वडा र दक्षिणमा सामुदायिक वनले कचनकवल गाउँपालिकासम्म फैलिएको छ । यस वडाको कूल भौगोलिक क्षेत्रफल १२.४५ बर्ग कि. मी. फैलिएको छ भने यस वडामा पुरूषको जनसंख्या ३ हजार १ जना र महिलाको जनसंख्या ३ हजार २ सय १७ जना गरी कूल जनसंख्या ६ हजार २ सय १८ जना रहेको छ ।
वडा भित्र रहेका सरकारी कार्यालयहरूमा ३ न वडा कार्यालय र आधारभूत स्वास्थ केन्द्र ढडुवा रहेका छन्। शैक्षिक संस्थाहरूमा लक्ष्मी माबि.वडाकै ठूलो बिधालय हो साथै पञ्चायत मा.बि र रामेश्वर प्रा.बि.बिधालयहरू पनि यसै वडामा रहेका छन् भने संस्थागत बिधालय तर्फ चिल्ड्रेन गार्डेन मा.बि.र ओराकल एकाडेमी छन्। वडाको दक्षिणी भूभाग चारकोसे वन समेत पर्दछ वन उपभोक्ता समूहहरू क्रमश रनकाली, रातमाटे र चौकीबिरान सामुदायिक वन उपभोक्ता समूहहरू रहेका छन्।
कुनैपनि बैंक नभएको यस वडामा सहकारी संस्थाहरूतर्फ सहारा नेपाल, कल्याण, सम्बृद्वी बचत तथा ऋण सहकारी र प्रभात कृषि सहकारी संस्था सञ्चालनमा रहेका छन् । पर्यटकिय क्षेत्रका रूपमा दूध कन्यादेबि पर्यटकिय क्षेत्र र साकेला थान क्षेत्र हो जहाँबाट यस वडाको बस्तीको मनमोहक दृश्य अबलोकन गर्न सकिन्छ। शुरेश्वर स्वर्गद्वारी शिबालय मन्दिरमा बर्षेनि धार्मिक अनुष्ठान आयोजना गर्ने गरिएको छ।
यहाँका मुख्य मन्दिरहरूमा शुरेश्वर स्वर्गद्वारी शिबालय मन्दिर, शितला दुधकन्या देबिमन्दिर, शाकेला थान मन्दिर, हरिहरेश्वर शिव मन्दिर, श्री राधाकृष्ण मन्दिर, मेचे शिबालय मन्दिर आदि छन् । परिवर्तन कृषि तथा पशुपन्झि मिश्रीत समूह वडाको एक मात्र कृषि समूह हो भने प्रईभेट कृषि फर्महरू २० वटा सञ्चालनमा रहेका छन् । काबेली सिमेन्ट उधोग प्रा. लि.,तुलसीवारी टि प्रोसेसिङ्ग प्रा.लि., कर्ण एण्ड ब्रदर्श टि प्रोसेसिङ्ग प्रा.लि. वडाका ठूला उधोगहरू हुन्। वडाको कुल घरधुरी संङ्ख्या ९ सय ५२ घर रहेका छन् । मुख्य सडक हुलाकी राजमार्ग हो भने आन्तरिक हाट बजारहरूमा ढडुवा चोक, लक्ष्मी स्कुल चोक बजार, र मेजर्नि चोक हुन्।


















