बिर्तामोड ।
झापा बिर्तामोडको गङ्गामाया तथा नरवहादुर बस्नेत क्यान्सर पीडित संस्था सस्थाका अध्यक्ष भुपाल बस्नेतको पहलमा अत्यन्तै विपन्न परिवारलाई लत्ताकपडा वितरण गरिएको छ ।
क्यान्सर रोगी देखि लिएर विभिन्न रोगी तथा सामाजिक कार्यमा समेत सक्रिय रहँदै आएका सामाजिक अभियन्ताका रुपमा रहेको बस्नेतको समन्वयमा आमा तथा बुवा गुमाएका विपन्न परिवारका छोराछोरीलाई लत्ताकपडा वितरण गरिएको हो ।
सस्थाका अध्यक्ष बस्नेतको सहजीकरणमा मेचीनगर १० बिपि चोकस्थित धनुषमोड सामाजिक सहयोगको भावना भएकी संगिता खतिवडा चम्लगाईले हल्दिबारी गाउँपालिका– १ गोल्धाप फाल्गुनन्द चोककी बिपन्न परिवारकी एक छात्रालाई दशैका लागि कपडा दिएकी हुन् । त्यसैगरी बाह्दशी गापा –६ केरुङ गाउमा पनि ३४ बर्षकै उमेरमा १० महिनाको नानी देखि १५ बर्ष सम्मका ७ जना सन्तान जन्माएर मृत्यु भएकी आमाका ७ जना सन्तानलाई कपडा जुत्ता चप्पल र नानीहरुले खेलाउने सामाग्रीहरु हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष बस्नेतले जानकारी दिए ।