बिर्तामोड ।
बिर्तामोड नगरपालिकाका महिला जनप्रतिनिधिका लागि ४ दिने नेतृत्व विकास सम्बन्धि तालिम बिर्तामोडमा सुरु भएको छ । देशमा महिला जनप्रतिनिधिहरुका लागि नेतृत्वको र क्षमता विकासको क्षेत्रमा काम गर्दै आइरहेको संस दलित महिला केन्द्र नेपालको आयोजनामा प्रारम्भिक प्रशिक्षण मोडल दुई अन्तर्गत बिहिवारदेखि बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिका लागि ४ दिने प्रशिक्षण सुरु भएको आयोजक महिला केन्द्रकी झापा जिल्ला संयोजक संम्झना पाखरेलले बताइन् ।
बिहिवारबाट बिर्तामोडमा भएको प्रशिक्षण कार्यक्रमको बिर्तामोड नगरपालिका वडा नम्बर ५ का राजेन्द्रप्रसाद लिङदेनले उदघाटन गरेका थिए । तालिमको उद्घाटन गर्दै लिङदेनले महिला भएर भन्दा पनि नेतृत्वदायी व्याक्तित्व भएर सबैको नेतृत्व गर्न महिला जनप्रतिनिधिलाई आग्रह गरे । तालिमबाट सिकेका ज्ञानशीप सबैमा वाढनसमेत लिङदेनले आग्रह गरे ।
उदघाटनमा बिर्तामोड नगरपालिका कार्यक्रम अधिकृत जय तिम्सिना, नगरपालिकाकी महिला साखा अधिकृत पुष्पा कार्की लगायातले तालिम सफलताको शुभकामना दिए ।
तालिमको सहजीकरण सोमनाथ ढकाल र नविना सापकोटाले गर्दैछन् । तालिममा महिला जनप्रतिनिधिहरुलाई सक्रिय सुनाई, तथ्याङ्ग अधवाधिक तथा व्यावस्थापन, वैढकको योजना र व्यावस्थापन, सञ्जालीकरण, बार्ता, स्थानीय सरकारको योजना कार्यान्वयन र अनुगमन प्रक्रिया, सरोकारवालाहरुसग सहकार्य लगायातका विषयमा प्रशिक्षण प्रदान गरिनेछ । स्वीजरल्याण्ड सरकार र अष्ट्रेलियान सरकारको आर्थिक सहयोगमा भइरहेको तालिमको प्राविधिक सहयोग आइएफइएसले गरिरहेको छ ।
तालिममा बिर्तामोड नगरपालिकाका २० जना महिला जनप्रतिनिधिको सहभागिता रहेको छन् ।


















