झापा ।
झापा जङ्गली हात्तीले एक महिलाहलाई सुँडले च्यापेर जङ्गलतिर लगेको चारघण्टासम्म पनि ती महिला फेला परेकी छैनन् । ती महिलालाई हात्तिले सुँडमा च्यापेर चन्द्रगढी सामुदायिक वनभित्र लगेको चार घण्टा बित्न पनि अझै पत्तो नलागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हात्तीले महिलालाई जङ्गल भित्र लगेपछि उनको खोजी कार्य तीव्र पारिएको प्रहरी जनाएको छ । बिहीबार बिहान ११ बजेर ५० मिनेटमा भद्रपुर नगरपालिका– १० स्थित देउनियाँ नजिकैको चन्द्रगढी सामुदायिक वन भित्र निगुरो टिप्न गएकी बिर्तामोड नगरपालिका–८ स्थित नेपाल चोककी ५० वर्षीया लतुमाई मर्डीलाई हात्तिले सुँडमा च्यापेर लगेको थियो । ।
महिलाका श्रीमान शुकलाल मडीले श्रीमती लतुमाईलाई हात्तीले लगेपछि अस्थायी प्रहरी चौकी गरामनीलाई जानकारी गराएका थिए । त्यसपछि महिलाको खोजीका लागि डिभिजन वन कार्यालय झापाका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी जङ्गल पसेका छन् । जङ्गलभित्र महिलाको चप्पल, पोतेको झुत्तो र अलिकति कपालको गुजुल्टो फेला परेको प्रहरीले जनाएको छ ।