मोरङ।
मोरङको दुई छुट्टा छुट्टै स्थानबाट लागूऔषध र प्रतिबन्धित औषधीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका –१५ स्थित १ नम्बर ढाटबाट लागूऔषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका– ३ का २३ बर्षीय अल्फन लिम्बुलाई लागूऔषध लुपिजेसिक ४ एम्पुल, डाईजाल्याब ७ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ६ एम्पुलसहित पक्राउ गरिएको हो । पक्राउ परेका लिम्बुलाई ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको छ ।
यसैगरी ईलाका प्रहरी कार्यालय रंगेलीको प्रहरी टोलीले सुनवर्षी नगरपालिका –८ विश्वकर्मा चौक स्थितमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको को १८ प ९५०२ नम्बरको स्कुटीलाई चेकजाँच गर्दा स्कुटी पछाडी सवार रतुवामाई नगरपालिका –९ ईटहराका २१ बर्षीय गोविन्द थापाको साथबाट प्रतिवन्धित औषधी ट्रामाडोल ४०० गोटी बरामद भएको थियो ।
सो प्रतिबन्धित औषधी बरामद भएपछि स्कुटी चालक उर्लाबारी नगरपालिका –७ का २१ बर्षीय अनिल राय समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।