इटाभट्टा ।
सरस्वती टोल विकास संस्था मेचीनगर–७, इटाभट्टाको ५ औँ साधारण सभा सम्पन्न भएको छ । शनिवार सरस्वती आधारभूत विद्यालयमा संस्थाको साधारणसभा सम्पन्न भएको हो । मेचीनगर वडा नम्वर ७ का वडा अध्यक्ष नेत्र दाहालको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष अमर परियारको सभापतित्वमा साधारणसभा सपन्न भएको थियो ।
संस्थाका अध्यक्ष परियारले हालसम्मको गतिविधि र अबको योजना समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका लेखा समिति संयोजक चन्द्रकान्त कर्णले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभामा संस्थाले विभिन्न व्यक्तिलाई सम्मान पनि गरेको छ । सम्मानित हुनेहरुमा लेखा समिति संयोजक कर्ण, बमबहादुर थापा, प्रकाश दाहाल, सुशीला राजवंशी, कल्पना पौडेल, मीना कार्की, कमला भुजेल, सचित राउतलगायत रहेका छन् ।
संस्थाकी सचिव उषा निरौला खतिवडाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सदस्य माधव राउतले गरेका थिए । ‘स्वच्छ वातावरण सामाजिक एकता, सार्वजनिक सरोकार आजको आवश्यक्ता’ भन्ने नाराका साथ २०६५ मा स्थापना सो टोल विकास संस्थामा ४० घरधुरी छन् । टोलको जनसंख्या ३ सय हाराहारीमा रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।