मोरङ ।

मोरङ सुन्दरहरैचा नगरपालिका– ९ का ६३ बर्षीय डिल्ली दर्जीको रुखको हाँगाले लागेर मृत्यु भएको छ । शनिवार बिहान सोही स्थानमा रहेको जनचेतना सामुदायीक वनमा शिरिसको रुखको हाँगा काट्ने क्रममा हाँगाले लागेर गम्भिर घाईते भएका दर्जीको मृत्यु भएको हो ।

उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको हो । घटनाको बिषयमा ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।