झापा ।
यस बर्षको बडादशैँको शुभ टिकाको साइत १०ः०२ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको टिकाको साइत सार्वजनिक गर्दै असोज २१ गते बिहान ११ः४६ बजे घटस्थापनाको साइत जुरेको जनाएको छ ।
त्यसैगरी असोज २६ गते मङ्गलबार फूलपाती, असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ । असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत रहेको समितिले जनाएको छ ।
बिजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिने जनाइएको छ ।
वडादशैंमा आफुभन्दा ठूला मान्यजनबाट टिका लगाइने प्रचलन छ । वडादशैंमा आफुभन्दा ठूला मान्यजनबाट टिका लगाइने प्रचलन छ । मान्यजनले आफुभन्दा सानालाई रातो टिका, जमरा लगाएर दक्षिण दिने गरिन्छ ।