झापा । 

झापाको छुट्टा छुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित तीन जना  पक्राउ गरेको छ । पक्राउ  पर्नेमा पाँचथर फिदिम नगरपालिकाका २७ बर्षीय रोशन सुबेदी, २८ बर्षीय सुमन कार्की र भारत दार्जिलिङका २४ बर्षीय रतन सिंह रहेका छन् ।

अस्थाई प्रहरी पोष्ट बसपार्कको  प्रहरी टोलीले अर्जुनधारा नगरपालिका– ११ बसपार्क स्थित रहेको एक होटलबाट रोशन सुबेदी र सुमन कार्कीलाई ब्राउन सुगर ६ ग्राम ७०० मिलि ग्राम सहित पक्राउ गरेको हो ।

त्यस्तै  लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाको प्रहरी टोलीले  मेचीनगर नगरपालिका –६ स्थित तुर्केनी खेल मैदान छेउबाट रतन सिंहलाई ब्राउन सुगर ५ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।