मोरङ ।
मोरङ बिराटनगर महानगरपालिका –१५ स्थित १ नम्बर ढाटबाट लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान १३ का ३२ बर्षीय मुनु राणा राई रहेका छन् ।
विहिवार दिउसो १ बजे लागूऔषध नियन्त्रण व्युरो विराटनगरको प्रहरी टोलीले उनलाई लुपिजेसिक १० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल १० एम्पुल र फेनारगन १० एम्पुलसहित पक्राउ गरेको हो । पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।