भद्रपुर । 

नेपाल परिवार नियोजन संघले आठौं परिवार नियोजन संघ तथा संघको ६३ औं स्थापना दिवसको अवसरमा झापा दुई व्यक्तित्वलाई कदरपत्रले सम्मान गरेको छ । 

संघका पूर्व महासचिव तथा संविधानसभाका माननीय सदस्य रविन कोइराला र प्रदेशसभाका सदस्य माननीय वसन्त बानियाँले सामाजिक अभियन्ता दुर्गाप्रसाद भट्टराई र संघका कर्मचारी प्रकृति वाँस्तोलाई कदरपत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।  

पूर्व महासचिव कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश सभाका माननीय सांसद बानियाँ, जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रा श्रेष्ठ, स्वास्थ्य कार्यालय झापाका प्रमुख इश्वरी पौडेल, सम्मानित व्यक्तित्व दुर्गाप्रसाद भट्टराईले आ आफ्नो धारणा ब्यक्त गरेका थिए । 

संघका अध्यक्ष लोकनाथ भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत संघका उपाध्यक्ष विन्दा लुइटेलले गरेकी कार्यक्रमको सञ्चालन बरिष्ठ शाखा प्रवन्धक सुजन काफ्लेले गरेका थिए ।