बिर्तामोड ।
नेपाल व्यापार कर्मचारी संघ युनिकम नेपालले अपाङ्गता भएकालाई राहतस्वरुप खाद्यान्न वितरण गरेको छ । आज (शुक्रबार) एक कार्यक्रमका बीच विरता जेसिजको साझेदारीमा बिर्तामोड वडा नम्बर १० का ३५ जना अपाङ्गता भएकाकालाई चामल, दाल, तेल, नुनलगायतका खाद्यान्न वितरण गरिएको हो ।
लकडाउनको समयमा जीविकोपार्जनको कुनै उपाय नरहेको र दैनिकी चलाउन असहज भएको जानकारी प्राप्त पश्चात उनीहरुलाई राहत उपलब्ध गराइएको युनिकम नेपालका केन्द्रिय अध्यक्ष गजेन्द्र पौडेलले बताए । अध्यक्ष पौडेलले सामाजिक उत्तरदायित्व तथा मजदुरको हक हितमा काम गर्ने आफुहरुको संस्था भएकै कारण उनीहरुलाई सहयोग गरिएको जानकारी दिए ।
पौडेललको अध्यक्षता तथा ् बिर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको औचित्यमाथि नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश सदस्य तथा राहत वितरण कार्यक्रमका संयोजक कुमार भट्टराइले प्रकाश पारेका थिए । अपांगता स्वालम्बन संस्थाका अध्यक्ष दिपक थापाले दातालाई धन्यवाद ज्ञापन गरेको कार्यक्रममा विरता जेसिजका पुर्व उपाध्यक्ष तथा विर्तामोड उद्योग वाणिज्य संघका सदस्य जीवन खड्का, वडाध्यक्ष गुरुङलगायतले मनतब्य राखेका थिए । कार्यक्रमको सञ्चालन युनिकम नेपालका प्रदेश नम्बर १ का अर्गनाइजर सागर रिजालले गरेका थिए ।