बिर्तामोड । 

शनिश्चरे माध्यमिक बिद्यालयका पूर्व बिद्यार्थीले आगलागी पिडीतलाई आर्थिक सहयोग गरेका छन् । शनिश्चरे माध्यमिक बिद्यालयका  एसएलसी २०४१ व्याचका पूर्व विद्यार्थीले झापाको अर्जुनधारा नगरपालिका–७ मा ग्यासको सिलिन्डर फेर्दा ग्यास चुहिएर भएको आगलागीमा परी घाइते भएकालाई आर्थिक सहयोग गरेका हुन् ।

sahayog

 एसएलसी ब्याच २०४१ का बिद्यार्थी लक्ष्मण खतिवडा, प्रकाश खरेल र शर्मिला खतिवडाको नेतृत्वमा संकलित २१ हजार रुपैयाँवापतको चेक आज (शुक्रवार) हस्तान्तरण गरिएको हो । उक्त व्याचका बिद्यार्थीले प्रत्येकले ५ सयदेखि २ हजार रुपैयाँसम्म संकलन गरेर खनाल परिवारको उपचारमा सहयोगका लागि प्रदान गरेको हो । 

खाना पकाउने सिलिन्डर चुहावटका कारण भएको आगलागीमा गम्भीर घाइते एकै परिवारका तीन जनाको उपचारमा आर्थिक अभाव भएपछि उनीहरलाई आर्थिक सहयोग स्वरुप उक्त रकम प्रदान गरिएको एसएलसी ब्याच २०४१ का बिद्यार्थी लक्ष्मण खतिवडाले जानकारी दिए । 

आगलागीमा घरमूली ४२ वर्षीय रोमनाथ खनाल, उनकी पत्नी ३८ वर्षीया दुर्गा खनाल र १८ वर्षीय छोरा पंकज खनाल गम्भीर घाइते भएका थिए । घाइतेलाई उपचारका लागि काठमाडौंको कीर्तिपुर अस्पतालमा भर्ना गरिएको छ । उपचाररत खनाल परिवारमा आर्थिक अभाव भएपछि आर्थिक सहयोग संकलन गर्न गोविन्द खतिवडाको संयोजकत्वमा १७ सदस्यीय आर्थिक सहयोग संकलन समिति समेत गठन गरिएको हो । त्यस्तै उक्त समितिले खनाल परिवारको उपचारमा आर्थिक सहयोगका लागि  देश विदेशमा रहेका नेपालीहरुलाई अपिल समेत गरेको छ । उपचारमा लगभग  ४० लाख खर्च लाग्ने चिकित्सकले बताएको जनाइएको छ । 

 आगलागीमा खनाल परिवारको २० लाख मूल्य बराबरको भौतिक सम्पत्तिमासमेत क्षति पुगेको जनाइएको छ ।