काठमाडौं । 

सरकारले शुक्रबार देखि देशका ८५ स्थानमा पसल दशैंतिहार लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको छ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सरकारले  देशभर विभिन्न स्थतानमा सहुलियत पसल सञ्चालनमा ल्याएको हो ।

दसैं–तिहार–छठजस्ता पर्वलक्षित सुपथ मूल्यका पसलमा खाद्यान्नलगायत खसी, बोका र च्याङ्ग्रा पनि किन्न पाइने जनाइएको छ।

सुपथ मूल्यका पसलमा अन्यत्रका पसलमा भन्दा कम मूल्यमा सामान किन्न पाइनेछ। सुपथ मूल्यका पसलमा सामान खरिद गरेमा उपभोक्तालाई प्रतिकेजी दुई रूपैयाँदेखि १० रूपैयाँसम्म छुट दिने तयारी छ।

आजदेखि सञ्चालनमा ल्याइएको सहुलियत पसल कात्तिक २४ गतेसम्म चल्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ । यस बीचमा व्यापार कम्पनी र कर्पोरेशनले घुम्ती पसल समेत सञ्चालनमा ल्याउनेछन् ।