काठमाडौं ।
अनुसन्धानमा संलग्न प्रहरीले संखुवासभा हत्याकाण्डमा अर्का एकजनालाई पनि पक्राउ गरेको छ । पक्राउ परेका नरेश कार्की लोकबहादुरका भाई हुन् । लोकबहादुरका भाइ नरेशलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले अनुसन्धानबाट थप नयाँ तथ्य खुलेको छ बताएका छन् । हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बरामद गरेका छन् ।
तेजबहादुर र परिवारका अन्य ५ जनालाई चिर्पटले हानेर हत्या गर्दा नरेश प्रत्यक्षदर्शी रहेको थाहा भएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताएका छन् ।
भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको सामुहिक हत्या भएको थियो ।