विर्तामोड ।
नेपालमा विपन्न महिलाहरुका लागि वित्तिय समावेशीकरण परियोजना अन्तरगत वित्तिय साक्षरता र सुरक्षित आवास सम्विन्धि ५ दिने सहजकर्ता प्रशिक्षक प्रशिक्षण (T.O.T) मोरङको लेटाङमा संचालन भएको छ ।
सहारा नेपाल र हेविट्याट फर हुमेनिटी नेपालको साझेदारीमा संचालित उक्त तालिममा परियोजना संचालन भएका झापा, मोरङ, उदयपुर र सप्तरीका २० जना सामुदायिक सहजकर्ता र परियोजनाका कर्मचारी समेत गरि २८ जनाको सक्रिय सहभागिता रहेको छ । भोभिडको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारका आवश्यक मापदण्डहरु पुरा गर्दै तलिम संचालन गरिएको हो ।
तालिमका सहभागीहरुलाई हेविट्याट फर ह्यूमानिटी नेपालका शिवहरी देबकोटा र शिवलाल शर्माले सहजीकरण गर्ने जनाइएको छ । प्रशिक्षकले वित्तिय साक्षरता र सुरक्षित आवासका विषयमा प्रकाश पार्दै प्रशिक्षण दिएका परियोजनाका झापा सुपरभाईजर लक्ष्मी भण्डारीले जानकारी दिए ।
परियोजना अन्तरगत झापा, मोरङ, उदयपुर र सप्तरीका २० वटा गाँउ तथा नगरपालीकामा ६ हजार महिलाहरुलाई कक्षामार्फत वित्तिय साक्षरता प्रदान गर्ने, समुदायका ५ हजारलाई सचेतना अभियानमार्फत वित्तिय साक्षरता र सुरक्षित आवासका वारेमा सुशुचित गराइने छ । वित्तिय कारोवारमा प्रविधिको प्रयोगलाई बढावादिन बिभिन्न तलिमहरुको माध्यमबाट समुदायलाई सवलीकरण गर्ने लक्ष्य परियोजनाको रहेको सहारा नेपालका प्रोग्राम मेनेजर प्रतिक देवकोटाले जानकारी दिए ।
Jerssey Overseas Aid (JOA)को सहयोगमा संचालित सो परियोजनाले स्थानिय वित्तिय संस्थाहरु सँग साझेदारी गरी कार्यक्रम संचालन गरिरहेको छ ।