काँकरभिट्टा । 

  व्यवसायी तथा समाजसेवी श्याम प्रसाई (एसपी ) ले  इलाका प्रहरी कार्यालय कांकरभिट्टालाई ३२ इन्चको एलइडी टेलिभिजन प्रदान गरेका छन् ।  विभिन्न मुद्दामा पक्राउ गरेर अनुसन्धान गर्न हिरासतमा राखिएका थुनुवाहरुकोलागि  प्रसाईले टेलिभिजन प्रदान गरेका हुन् । 

ढुवानी व्यवसायी महासंघका केन्द्रिय सदस्य, मेची ट्रान्सपोर्ट एसोशिएसनका बरिष्ठ उपाध्यक्ष समेतरहेका  प्रसाईले हिरासतमा रहेका थुनुवाले टेलिभिजन हेरेर  नयाँ ज्ञान आर्जन गर्नुका साथै आपराधिक क्रियाकलापमा संलग्न हुनबाट सचेत बनून् भनेर प्रहरीलाई आफुले टेलिभिजन प्रदान गरेको  जानकारी दिए ।  उनले  २६ हजार ९ सय ९९ मा एलइडी टेलिभिजन किनेर उपलब्ध गराएका हुन् ।  उनले यस अघि परि सोहि कार्यालय परिसरमा रहेको मन्दिरकालागि २५ हजार ९ सय ९९ रुपैंया सहयोग गरेका थिए भने छोरोको जन्मिदिनमा गोलधापमा  रहेको रक्तकाली मन्दिरमा ९ केजी ९ सय ९९ ग्रामको घण्टी प्रदान गरेका थिए । 

विभिन्न मुद्दामा पक्राउ गरेर अनुसन्धान गर्न हिरासतमा राखिने थुनुवाहरुको  सोचमा सकारात्मक विकास गराउने तथा सन्देशमुलक र समाजमा पुनः स्थापित गराउन सहयोग पु¥याउने किसिमका गतिविधि सहितका सन्देशमुलक सामाग्री प्रसारण गर्नका लागि प्राप्त टेलिभिजनले ठुलो मद्धत पु¥याउने कार्यालयका डिएसपी सुनिल दाहालले धारणा राखेका थिए ।  हिरासतमा बसेका थुनुवालाई समय कटाउने व्यवस्था तथा आपराधिक क्रियाकलापमा संलग्न हुँदा भोग्नुपर्ने सजायलगायत कानुनी प्रावधानका विषयमा जानकारी दिन टेलिभिजनले ठुलो मद्धत पुग्ने कार्यालयका इन्सपेक्टर सुनिल श्रेष्ठले बताए । कार्यालय परिसरमा भएको संक्षिप्त कार्याक्रमको सञ्चालन मुद्धा शाखाको असइ दुर्गा खनालले गरेका थिए ।