सङ्खुवासभा।
सङ्खुवासभाको मादी नगरपालिका –१ उम्लिङमा तेजबहादुर कार्कीको परिवारका ६ जनाको बीभत्स हत्या गर्ने आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
लोकबहादुर कार्कीले अपराध गरेको स्वीकारपछि प्रहरीले उनलाई सार्वजनिक गरेको हो । गरेको प्रहरीले जानकारी दिएको छ । आरोपीले घटना देख्ने सबैलाई मार्ने योजना बनाएको कुरा प्रहरीसमक्ष स्वीकारेको प्रहरीले जनाएको छ ।
भदौ २१ गते बिहानै सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी कमला कार्की, तेजबहादुरकी ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरकै ११ वर्षीय नाती दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।