लक्ष्मीपुर । 

झापामा यति ब्रुलरीको उत्कृष्ट उत्पादन वाई वि डार्क  बियरको सार्वजनिक भएको छ ।  झापाका लागि मुख्य डिलर रहेको मामा भान्जा टे«ड एण्ड सप्लायर्सले अर्जुनधारा–५ मा उक्त वियरको डिलरको कार्यालय स्थापना गर्दै शनिवार सार्वजनिक गरेको हो । 

 झापाको  अर्जुनधारा ५, लक्ष्मीपुरमा मुख्य पसल रहेको रहेको यस क्षेत्रबाट यस बियरको अर्जुनधारा, बिर्तामोड, कनकाई नगरपालिका, झापा गाउँपालिका, बाह्रदशी गाउँपालिका र हल्दिवारी गाउँपालिका क्षेत्रको लक्षित गरी मामा भान्जा टे«डले मुख्य डिलरसिप गर्ने सप्लायर्सकी प्रोपाइटर मन्दिरा गौतम र केशव गौतमले बताए । 

सञ्चालकमा यस क्षेत्रकै कुशल बैकर्स डिल्लीराम  अधिकारी र विनोद गौतम भएको जनाइएको छ । यति ब्रुलरीका तर्फबाट एरिया मेनेजरमा सुमन सुवेदी, एरिया इन्चार्जमा दिपक थापा, सेल्स मेनेजरमा दिपक क्षेत्री, सेल्स अफिसरमा  लोकेन्द्र न्यौपाने र क्षेत्रिय डिलरमा युवराज घिमिरे रहेका छन् । आगामी दिनमा अन्य उत्पादनलाईसमेत झापामा बजारीकरण गरिने प्रोपाइटर मन्दिरा गौतमले बताइन् । 

यसैविच आजै झापाका विभिन्न बजारहरुमा वाइबी वियरको लन्ज कार्यक्रम समेत गरिएको छ । ग्राहकहरुले अन्य वियर भन्दा यसलाई छुट्टै र छिट्टै मन पराइदिएको मन्दिरा गौतमले बताइन् ।  ८ प्रतिशत अल्कोहल रहेको यस बियर ३३० मिलिलिटरमा उपलब्ध रहेको छ ।