सुनसरी ।

सुनसरी रामधुनी –६ कान्छिचौक–चतरा  सडक खण्डको सुनसरी खोला पुलमा मोटरसाईकल अनिन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु छ भने  पछाडि सवार घाईते भएका छन् ।

मृत्यु हुनेमा मोरङ कानेपोखरी गाउपालिका –६ का १८ बर्षीय रितिक राई रहेका छन् भने पछाडी सवार सोही स्थानका २१ बर्षीय निरज राईको उपचार भईरहेको छ ।  उत्तर तर्फ जादै गरेको को ३६ प ९५८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना हुँदा दुवै जना घाईते भएका थिए ।  उपचारको लागि घोपा धरानमा पठाईएको थियो ।

उपचारको क्रममा रितिकको  मृत्यु भएको छ भने अर्का घाईते निरजलाई थप उपचारको लागि  बिराट नर्सिङ होम बिराटनगर रेफर गरिएको छ । दुर्घटना भएको मोटरसाईकल ईलाका प्रहरी कार्यालय पकलीमा रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको  छ ।